लैङ्गिक समानताका लागि आवश्यक वातावरण बनाउन महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेका छन् ।
उनले विश्वमा लैङ्गिक समानता कायम गर्न र यसका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् । विश्वमा नारी दिवसका अवसरमा दिएको सन्देशमा उनले सो धारणा राखेका हुन् ।
महासचिव गुटरेसले यस वर्षको विश्व नारी दिवसको नारा लैङ्गिक समानताका लागि डिजिटल तथा प्राविधिक विकास भन्ने रहेकाले विश्वमा लैङ्गिक समानताका लागि प्रविधिमा विकास गर्न र यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।
हरेक वर्ष ८ मार्चमा मनाइने विश्व नारी दिवस यस वर्ष लैङ्गिक समानताका लागि प्रविधिको विकास भन्ने नाराका साथ मनाउन लागिएको छ । उनले सो सन्देशमा विश्वका नारीहरूलाई पनि प्रविधिमा पहुँचका साथै प्रविधिको विकासका माध्यमबाट नारी समानताको वातावरण निर्माण गर्न सकिने बताएका हुन् ।
उनले विश्व नारी दिवसका अवसरमा दिएको सो सन्देशमा प्रविधिमा महिलाको पहुँच एवं उनीहरुले आर्जन गर्नसक्ने प्राविधिक ज्ञानले बालिकालाई शिक्षामा पहुँच प्रदान गर्नुका साथै विश्वमा लैङ्गिक समानता कायम गर्न सघाउ पुग्ने बताएका छन् ।
महासचिव गुटरेसले विश्वमा विकसित विज्ञान प्रविधिमा पनि नारीहरुको पहुँचबाट उनीहरुमा प्राविधिक मात्र नभएर अन्य क्षेत्रको पनि ज्ञान प्राप्त हुने भएकाले उनीहरुलाई इन्टरनेट र प्रविधिको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका हुन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?