भ्रष्टाचारविरुद्ध लड्न इमान्दारिता र प्रतिबद्धता चाहिन्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताएका छन् ।
साथै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने र सम्पत्ति घट्बढ भए अनिवार्य प्रभावकारी जाँच गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टस अग्नेस्ट करप्सन नेपाल च्याप्टर र संघीय सांसदहरुबीच ‘भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी’ विशेष छलफल अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् ।
त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्ननहुने धारणा राखे ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानालगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीय दलका ६५ जना नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा हुँदै आएका भ्रष्टाचार, अनियमितता र कमीकमजोरीको उदाहरण दिँदै भ्रष्टाचारविरुद्ध सबै मिलेर लडाई लड्नुपर्ने बताइन् ।
कार्यक्रमका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले विश्वव्यापी रूपमा भ्रष्टाचारविरुद्ध सांसदहरु संगठित हुन थालेकाले हामीले पनि गोप्याकको मञ्चका माध्यमबाट सो अभियानमा सक्रियता बढाउनु पर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक