शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिमण्डल विस्तार हुन्छ : महासचिव गुरुङ

शुक्रबार, १९ फागुन २०७९, २१ : ३०
शुक्रबार, १९ फागुन २०७९

कास्की । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने उनले बताए । पोखरामा आज प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता र देशको अर्थतन्त्रमा देखिएको सङ्कटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

उनले भने, “देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ । अहिले सबै दललाई जुटाउन प्रयास गरे पनि जुट्न सकेन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहमत नहुँदा सरकारबाट बाहिरिएका छन् । यस अवस्थामा आठ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।” 

महासचिव गुरुङले आगामी राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुरुआतदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिर्वतनका भूमिका निर्वाह गरेको उल्लेख गरे ।
यही फागुन २५ गतेको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित रहेको गुरुङको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप