यातायात व्यवसायीको भरोसा टुट्न दिन्न : पूर्व मन्त्री श्रेष्ठ
बारा । पूर्व मन्त्री एवं बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सङ्घीय सांसद किसान श्रेष्ठले यातायात व्यवसायीहरूको भरोसा टुट्न नदिने गरी काम गर्ने बताएका छन् । तराई यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले यातायात व्यवसायीको हरेक समस्यामा आफू सँगसँगै हिँड्ने र व्यवसायीको समस्यालाई कुनै न कुनै रूपमा आफूले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यातायात व्यवसायीहरूको धेरै समस्या छन् ती समस्याहरू एकै पटक समाधान हुन नसक्ला, तर तपाईँहरूलाई अनुभूति हुने गरी, विश्वास हुने गरी म केही न केही उपहार अवश्य उपलब्ध गराउनेछु’ सङ्घीय सांसद श्रेष्ठले भने ‘तपाईँहरूको नेतृत्व गरेर जस्तो जुन ठाउँमा जानु परे पनि जाने हरेक अप्ठ्यारो सँगसँगै हिँड्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’
शुक्रबार सिमरा स्थित तराई यातायात व्यवसायी सङ्घको सो कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले बिमा नीति र यातायात नीतिमा हेरफेर गर्नुपर्ने बताए । उनले ओभर लोड बोकेका भारतीय गाडीहरू निर्बाध रूपमा नेपालको सडक हिँड्ने तर नेपाली गाडीहरूलाई प्रहरी प्रशासनले दुख दिने गरेको गुनासो गरेका छन् । तराई यातायात व्यवसायी सङ्घको छैटौँ अधिवेशन समेत रहेको सो कार्यक्रममा ओमकृष्ण कार्कीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सोहेल अख्तर अंसारी, केन्द्रीय उपाध्यक्ष जीवन श्रेष्ठ, पूर्व क्षेत्रको उपाध्यक्ष वीरेन्द्र कार्की, पश्चिम क्षेत्रको उपाध्यक्ष कुमार राई, उत्तर तर्फको क्षेत्रीय उपाध्यक्ष बोधराज आचार्य, दक्षिण उपाध्यक्ष उम्केश्वर प्रसाद रौनियार, महासचिव अर्जुन अधिकारी, उपमहासचिव देव श्रेष्ठ, सचिव रामबहादुर कार्की, लोकराज पौडेल, मनोज यादव, सहसचिव तुफान फारुक अन्सारी, कोषाध्यक्ष नारायण घिमिरे, सह कोषाध्यक्ष नवीन थापालगायत निर्विरोध चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, लोकबहादुर पोख्रेल, मदनराज कंसाकार, विजय रञ्जितकार, करणकुमार चौधरी, राजादिन बाबु, उत्तमकुमार पौडेल, सञ्जयकुमार गुप्तालगायत रहेका छन् । अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण