शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बिया : बन्धक बनाइएका ७९ प्रहरी रिहा

शनिबार, २० फागुन २०७९, ११ : २३
शनिबार, २० फागुन २०७९

बोगोटा । कोलम्बियामा बन्धक बनाइएका प्रहरी अधिकारी र तेल कम्पनीका कामदारहरू मुक्त भएका छन् । दक्षिण काक्वेटा प्रान्तमा प्रदर्शनका दौरान बन्धक बनाइएका उनीहरू रिहा भएको राष्ट्रपति पेट्रोले जानकारी दिएका हुन् । बिहीबार तेल उत्खनन गर्ने कम्पनीको कम्पाउन्डमा स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको थियो ।

सो क्षेत्रमा कम्पनीले सडक बनाउन सहयोग गर्नुपर्ने उनीहरूको माग थियो । त्यही क्रममा ७९ जना प्रहरी अधिकारी र एमर्ल्यान्ड इनर्जीका ९ जना कर्मचारीलाई बन्धन बनाइएको थियो । राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरुलाई रिहा गर्न प्रदर्शनकारीसँग आग्रह गरेका थिए ।

त्यसअघि भएको झडपमा एक जना प्रहरी अधिकारी र एक जना स्थानीय मारिएका थिए । उनीहरू रिहा भएको जानकारी दिँदै राष्ट्रपति पेट्रोले घटनाको छानबिन हुने र दोषीमाथि कारबाही हुने बताएका छन् । गृहमन्त्री अल्फोन्सो प्रडाले शुक्रबार उनीहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएका थिए । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप