भन्सार छली गरेर ल्याइएको ४ लाखभन्दा बढीको सामान प्रहरीको नियन्त्रणमा
शनिबार, २० फागुन २०७९, १६ : ५६
जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको ४ लाखभन्दा बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना समाग्रीहरू, लत्ताकपडाहरु र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएको सामानहरुको ४ लाख २१ हजार १२० मूल्यांकन गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण