रेडक्रस पाल्पाको सभापतिमा कार्की
पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्की निर्वाचित भएका छन् । उनी यसअघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतको रुपमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । कार्की अधिकृतको जिम्मेवारीबाट राजीनामा दिएर सभापतिको उम्मेदवार बनेका हुन् ।
उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुुइँटेल र मन्त्रीमा केशवराज नेपाल निर्वाचित भएका छन् । शाखाको कोषाध्यक्षमा सन्तोष खनाल, उपमन्त्रीमा कमलराज भट्टराई, उपकोषाध्यक्षमा सन्तोषकुमार शर्मा नेपाल निर्वाचित भएको शाखाले जनाएको छ ।
यसैगरी शाखा सदस्यमा शारदाकेशी रायमाझी, मीनाकुमारी राना, भगवती न्यौपाने अर्याल, डा झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने, केशवप्रसाद पौडेल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिसिल्ना, मोतिराज अधिकारी निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटीको गतिविधिलाई व्यापाक रुपमा अगाडि बढाउने र सामाजिक हितको भावनाले काम गर्ने नवनिर्वाचित कार्कीले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण