धनुषामा मोटरसाइकल दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
शनिबार, २० फागुन २०७९, २२ : ५१
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ८ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहिमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय सत्य साह र ४५ वर्षीय राम एकवाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार अर्का एकजनाको मृत्यु भएको डिएसपी गौतमले बताए । सपहीको जानकी पोल इण्डस्ट्रीज अगाडि ज १० प ६४२९ नम्बरको मोटरसाइकल र ज १प ४५५२ नम्बरको ट्याक्टर ठोक्किएको प्रहरीको भनाई छ ।
दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन् । फरार ट्याक्टर चालकको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण