शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा सह–यात्रीमाथि विद्यार्थीले फेरिदिए पिसाब

आइतबार, २१ फागुन २०७९, १२ : १८
आइतबार, २१ फागुन २०७९

न्युयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकी विमानमा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार यो विमान शनिवार राति दिल्ली पुगेको छ ।

पिटिआईको विमानस्थलसँग जोडिएको एक स्रोतले भन्यो, ‘अभियुक्त अमेरिकी युनिभर्सिटीमा पढ्छन् । ती विद्यार्थी नशामा थिए र सुतिरहेका बेलामा उनले पिसाब फेरिदिएका हुन् । यो पिसाब अर्को यात्रीलाई पर्‍यो । यसबारे क्रु सदस्यलाई जानकारी दिइयो । ’

एयरलाइन्सले यो घटनालाई गम्भीरताका साथ लिएको छ र विमानस्थलमा ल्यान्ड भएपछि एयर ट्राफिक कन्ट्रोलसँग यसबारे उजुरी दिइएको छ ।

विमान अवतरण भएपछि सिआईएसएफले अभियुक्तलाई समातेर प्रहरीलाई सुम्पिएको छ । प्रहरीले दुवै सम्बन्धित व्यक्तिको बयान लिएको छ र अनुसन्धान जारी छ ।

समाचार एजेन्सी एएनआईका अनुसार आइजीआई विमानस्थलका डिसिपीले भने, ‘अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको कुरा आएको छ । अभियुक्तको पहिचान गरिएको छ र कानुनी कारबाही अघि बढाइएको छ ।’

डिजिसिएका एक अधिकारीले एएनआईलाई भने, ‘हामीलाई यो घटनाबारे थाहा भयो । एयरलाइन्सले यो घटनालाई निकै व्यावसायिक ढङ्गले डिल गरेको छ र आवश्यक कदम उठाएको छ ।’

केही महिना अघि पनि विमानमा सह–यात्रीमाथि रक्सी पिएर पिसाब फेरेको घटना सार्वजनिक भएको थियो । यसको सोसल मिडियामा अत्यधिक चर्चा भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप