अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा सह–यात्रीमाथि विद्यार्थीले फेरिदिए पिसाब
न्युयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकी विमानमा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार यो विमान शनिवार राति दिल्ली पुगेको छ ।
पिटिआईको विमानस्थलसँग जोडिएको एक स्रोतले भन्यो, ‘अभियुक्त अमेरिकी युनिभर्सिटीमा पढ्छन् । ती विद्यार्थी नशामा थिए र सुतिरहेका बेलामा उनले पिसाब फेरिदिएका हुन् । यो पिसाब अर्को यात्रीलाई पर्यो । यसबारे क्रु सदस्यलाई जानकारी दिइयो । ’
एयरलाइन्सले यो घटनालाई गम्भीरताका साथ लिएको छ र विमानस्थलमा ल्यान्ड भएपछि एयर ट्राफिक कन्ट्रोलसँग यसबारे उजुरी दिइएको छ ।
विमान अवतरण भएपछि सिआईएसएफले अभियुक्तलाई समातेर प्रहरीलाई सुम्पिएको छ । प्रहरीले दुवै सम्बन्धित व्यक्तिको बयान लिएको छ र अनुसन्धान जारी छ ।
Passenger allegedly urinates on another passenger mid-flight on American Airlines Del-JFK flight
— ANI (@ANI) March 5, 2023
Got complaint about a passenger urinating on another from American Airlines.Accused identified-Arya Vohra, a student in US. Legal action being taken: DCP IGI airport
समाचार एजेन्सी एएनआईका अनुसार आइजीआई विमानस्थलका डिसिपीले भने, ‘अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको कुरा आएको छ । अभियुक्तको पहिचान गरिएको छ र कानुनी कारबाही अघि बढाइएको छ ।’
डिजिसिएका एक अधिकारीले एएनआईलाई भने, ‘हामीलाई यो घटनाबारे थाहा भयो । एयरलाइन्सले यो घटनालाई निकै व्यावसायिक ढङ्गले डिल गरेको छ र आवश्यक कदम उठाएको छ ।’
केही महिना अघि पनि विमानमा सह–यात्रीमाथि रक्सी पिएर पिसाब फेरेको घटना सार्वजनिक भएको थियो । यसको सोसल मिडियामा अत्यधिक चर्चा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण