शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा घरको चौथो तलाबाट खसेर भारतीय नागरिकको मृत्यु

आइतबार, २१ फागुन २०७९, १२ : ४०
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका८ ढल विकास नजिक निर्माणाधीन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको हो । 

उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप