सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी र एकीकृत समाजवादीको निर्णय
कैलाली। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । दुबै दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो।
आजै बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् ।
यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने माओवादीको प्रदेश कमिटीले बताएको थियो । तर, केन्द्रबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएसँगै संसदीय दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गरेको हो ।
यस्तै एकीकृत समाजवादीले पनि केन्द्रको आठदलीय गठबन्धनअनुसार नै मत दिने निर्णय गरेको दलका नेता दीर्घ बहादुर सोडारीले जानकारी दिए । यिी दुई दलले मत दिने भएसँगै शाहले विश्वासको मत पाउने निश्चित जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण