बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : धर्मेन्द्र बास्तोला

आइतबार, २१ फागुन २०७९, १४ : ५७
आइतबार, २१ फागुन २०७९

काठमाडौँ ।  नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताएका छन् । आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा वेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताएका हुन् । उनले जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने बताए । उनले देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने धारणाा राखे । 

उनले भने– ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाए पनि । पछाडी फर्कने कुराले अगाडि जान सकिँदैन । त्यसकारण अहिले हामी सबै माओवादीहरु एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडी जानको निम्ति । अगाडी बढ्नका निम्ति । नेपालमा अधुरो रहेका शहीदका सपनाहरु पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवादसहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो ।’ 

अध्यक्ष बास्तोलाले भने, ‘अहिले भन्दै हुनुहुन्छ उहाँहरु साथीहरुले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवाद भित्र ? यस्तो हुँदैन । अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्ने छ । नयाँ तरिकाले हामी संरक्षित हुनुपर्नेछ । नयाँ तरिकाले विश्लेषण गर्नुपर्नेछ । नयाँ तरिकाले हामी अगाडी बढ्नुपर्ने छ ।

त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । अगाडी बढौँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन । इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन । यहाँ पूरै पछाडि फर्किएर राजतन्त्र फर्केर आउने बेलायत होइन । यो जापानपनि होइन । १७ औँ शताब्दी, १५ औँ शताब्दीको बेलायत होइन । जहाँ फेरि राजतन्त्र फर्केर आओस् । यो २१ औँ शताब्दीको दुनियाँ छ । वैज्ञानिक समाजवाद स्थापना हुन्छ । सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँ होऔँ ।’   संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप