मलेसियामा बाढी : तीन जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित
आइतबार, २१ फागुन २०७९, १७ : ०५

क्वालालम्पुर । मलेसियामा बाढीका कारण शनिबारसम्म विभिन्न राज्यहरूमा ४० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
सबैभन्दा बढी जोहर राज्यमा परेको सरकारी तथ्याङ्कले देखाएको छ ।
जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रहरुमा सारिएको छ भने प्रायद्वीप मलेसियाको पहाङ, नेगेरी सेम्बिलन, मलाक्का राज्यहरूमा विस्थापितहरूको सङ्ख्या कम छ ।
बुधवार बाढीको पानीले बगाएको विश्वास गरिएको कारभित्र एक व्यक्ति मृत फेला परेपछि जोहरमा पहिलो बाढीको मृत्यु रेकर्ड गरिएको थियो ।
त्यसबेलादेखि जोहोरको सेगामाट जिल्लाका प्रभारी प्रहरी अधिकारी अहमद जामरी मारिनसाहले थप दुई जनाको मृत्युको पुष्टि गरेका छन् ।
वृद्ध पीडितहरू उनीहरूको घरमा मृत फेला परेको बताएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी