मलेसियामा बाढी : तीन जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित
आइतबार, २१ फागुन २०७९, १७ : ०५
क्वालालम्पुर । मलेसियामा बाढीका कारण शनिबारसम्म विभिन्न राज्यहरूमा ४० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
सबैभन्दा बढी जोहर राज्यमा परेको सरकारी तथ्याङ्कले देखाएको छ ।
जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रहरुमा सारिएको छ भने प्रायद्वीप मलेसियाको पहाङ, नेगेरी सेम्बिलन, मलाक्का राज्यहरूमा विस्थापितहरूको सङ्ख्या कम छ ।
बुधवार बाढीको पानीले बगाएको विश्वास गरिएको कारभित्र एक व्यक्ति मृत फेला परेपछि जोहरमा पहिलो बाढीको मृत्यु रेकर्ड गरिएको थियो ।
त्यसबेलादेखि जोहोरको सेगामाट जिल्लाका प्रभारी प्रहरी अधिकारी अहमद जामरी मारिनसाहले थप दुई जनाको मृत्युको पुष्टि गरेका छन् ।
वृद्ध पीडितहरू उनीहरूको घरमा मृत फेला परेको बताएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण