युनाइटेडको पोस्टमा लिभरपुरको सात गोल, शालाहको कीर्तिमान
एनफिल्ड । लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ७–० गोलको अन्तरसहित शानदार जीत हासिल गरेको हो ।
लिभरपुलको जीतमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद शालाहले दुई–दुई गोल गरे भने एक गोल रोबर्टो फर्मिन्होले गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने लिभरपुलले युनाइटेडमाथि गोल वर्षा गरेको थियो ।
नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने ६६ औँ मिनेटमा शालाहले अर्को गोल थपे । त्यसपछि दुई खेलाडीले पालोपालो एक–एक गोल गरे । खेलको अन्त्यतिर फर्मिन्होले अर्को गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । युनाइटेडमाथि लिभरपुलको यो सबैभन्दा ठूलो जीत हो ।
खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरेका हुन् । जीतसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिभरपुलको २५ खेलबाट ४२ अंक छ । युनाइटेड ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण