महिला प्रिमियर लिगमा दिल्ली र यूपी विजयी
मुम्बई । पहिलो महिला प्रिमियर लिग (डब्लूपीएल) मा दिल्ली क्यापिटल्स र यूपी वारियर्सले जीत हासिल गरेका छन् । लिगको दोस्रो खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६० रनले पराजित गर्यो । दिल्लीले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोरले ८ विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनाउन सक्यो ।
बैंग्लोरका लागि कप्तान स्मृति मन्धानाले ३५ तथा हेदर नाइटले ३४ रन बनाइन् । दिल्लीका लागि टारा नोरिसले ५ तथा राधा यादवले २ विकेट लिइन् । यसअघि, कप्तान मेग ल्यानिङको ७२ तथा सेफाली वर्माको ८४ रनको मद्दतले दिल्लीले २ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । दुवै विकेट नाइटले लिएकी थिइन् ।
उता, यूपी वारियर्सले गुजराजलाई ३ विकेटले पराजित ग¥यो । गुजरातले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य यूपीले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । यूपीको जीतमा किरन नाभगिरेले ५३ तथा ग्रेस ह्यारिसले ५९ रनको योगदान दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण