बर्ड फ्लुबाट पेरुमा हजारौँ ‘सी लायन’को मृत्यु
पेरु । पेरुमा बर्ड फ्लुको सङ्क्रमणबाट हजारौँ समुद्री सिंह (सी लायन) को मृत्यु भएको त्यहाँको नेसनल सर्भिस अफ प्रोटेक्टेड एरियाज बाई स्टेटले जनाएको छ । एचफाइभएनवान् (H5N1) भनेर चिनिने एभियन फ्लु देशका विभिन्न जनावरहरूमा फैलिएको छ ।
सन् २०२२ को नोभेम्बरमा पहिलोपटक देशमा बर्ड फ्लु रिपोर्ट गरिएको थियो । संस्थाले हालसम्म भाइरसका कारण कम्तीमा ६३ हजार चराहरू मरिसकेको र अन्य जनावरहरू पनि मर्ने क्रम बढेको जनाएको छ । हालसम्म ३ हजार ४८७ वटा सी लायन मृत फेला परिसकेको छ । संस्थाका अनुसार यो पेरुको कूल सी लायनको जनसङ्ख्याको ३ प्रतिशत हो । ५ वटा फर सीलको पनि यसबाट मृत्यु भइसकेको बताइएको छ ।
पेरुका अधिकारीहरूले जंगली जनावरहरूसँगको सम्पर्क नबढाउन आग्रह गरेका छन् । पेरुका साथै अमेरिकामा बर्ड फ्लु फैलिएको छ । सन् २०२२ यता वैज्ञानिकहरूले १ सयभन्दा बढी चराचुरुङ्गीमा बर्ड फ्लु फैलिएको पत्ता लगाइसकेका छन् । त्यसबाहेक भालु, स्याल, डल्फिनमा पनि यो फेला परेको छ ।
केही मानिसहरूमा पनि यो फैलिएको पाइएको छ । गत महिना मात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम घेब्रेसियसले हालसम्म यो मानिसमा फैलिने सम्भावना कम रहे पनि ‘यही अवस्था लामो समयसम्म नरहन सक्ने’ चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण