आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कुनै विदेशी प्रभुसामु झुक्दैनौँ : रिजाल

मङ्गलबार, २३ फागुन २०७९, १४ : ५२
मङ्गलबार, २३ फागुन २०७९

जुम्ला । नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण एमालेलाई घेराबन्दीमा पारिएको बताएका छन् । 

‘संविधान बनाउँदा, नाकाबन्दीको सामना गर्दा, नक्सा जारी गर्दा र चीनसँग पारवहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ । तर, जति गरेपनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ’ रिजालको भनाइ छ । 

नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाई मंगलबार सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिए । 

‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ । एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ’, उनले भने, ‘तर, हामीलाई अप्राकृतिक रुपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ । जनताको बलमा त्यसलाई परास्त गर्नेछौं ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप