पृथ्वी शाहको मुद्दा जिल्ला अदालतमा दर्ता
काठमाडौँ । पृथ्वी बहादुर शाहविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगी र सङ्गठित अपराध मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको एक हप्तामा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । मङ्गलवार मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले रातोपाटीलाई बताए ।
अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो । उनीहरू विरुद्ध ब्युरोले ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।
४ वटा शीर्षकमा प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ । सिआईबीले शाहलाई कम्तीमा साढे ११ वर्ष थुनामा राख्न मागदावी लिनुपर्ने राय प्रतिवेदन दिएको थियो । शाहबाट ठगिएका अमेरिकन नागरिकलाई क्षतिपूर्ति दिलाउन र आरोपीहरूलाई जरिवाना हुनुपर्ने ब्युरोको राय छ ।
पृथ्वी शाहका भाइ विजयविक्रम शाहले सहकारी ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । लालपुर्जा किर्ते गरेर शाहले काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलको जग्गा धितो राखेर ऋण लिएको भेटिएको छ । करिब ९२ लाख मूल्य पर्ने जग्गाको लालपुर्जा सच्याएर शाहले २ करोड ऋण लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । ‘इको हिमाल’ सहकारीबाट सो ऋण उनको भाइ विजयविक्रमको नाममा निकालेको भेटिएको छ ।
शाहले ठगी गरेर ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् । ब्युरोले गरेको अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । २४ जना अमेरिकनले शाहबाट ठगिएको जाहेरी दिएका छन् । पीडित अमेरिकन नागरिकले इमेल गरेर सिआईबीमा जाहेरी पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण