बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्रीले हिन्दुलाई होलीको शुभकामना दिए, मानिसहरूले सोधे तीखा प्रश्न

बुधबार, २४ फागुन २०७९, ०८ : ४५
बुधबार, २४ फागुन २०७९

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ हिन्दु धर्मावलम्बीहरुलाई होलीको शुभकामना दिएका कारण घेरिएका छन् ।

सोसल मिडियामा पाकिस्तानका मानिसहरुले शहबाज शरिफलाई ‘बधाई त दिनुभयो तर होली मनाउनेहरुलाई सुरक्षा चाहिँ दिनुभएन’ भनेर कटाक्ष गरिरहेका छन् ।  

मंगलबार, होली मनाउने क्रममा शहबाज शरिफको गृहनगर लाहोरमा हिन्दू विद्यार्थीहरूलाई कुटपिट गरिएको थियो ।

वास्तवमा एक दिन अघि पाकिस्तानको पञ्जाब युनिभर्सिटीको ल कलेजमा केही हिन्दू विद्यार्थीहरूलाई होली मनाउनबाट रोक लगाइएको समाचार आएको थियो र यसै क्रममा इस्लामिक विद्यार्थी संगठनसँग झडप भएको थियो ।

झडपमा हिन्दु समुदायका १५ विद्यार्थी घाइते भएको खबर छ । यसका केही भिडियोहरु सामाजिक सञ्जालमा पनि सेयर भएका छन् ।

यसैबीच, होलीको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले ट्वीट गरेका थिए, ‘म विश्वभरका हिन्दूहरूलाई, विशेष गरी हाम्रो पाकिस्तानी हिन्दू समुदायलाई होली पर्वको धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अहिले यो ट्विटलाई लिएर विभिन्न प्रतिक्रिया दिइरहेका छन् र शरिफको गृहनगर लाहोरमा होली खेलेको भन्दै हिन्दू विद्यार्थीहरूलाई कुटपिट भइरहेको बताएका छन् ।

पाकिस्तानका राजनीतिक विश्लेषक डा. कमर चीमाले शहबाज शरिफको होलीको शुभकामनाको जवाफमा लेखे, ‘सर, लाहोर तपाईंको गृहनगर हो र त्यहाँ होली मनाउने हिन्दू विद्यार्थीहरूमाथि हमला भएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप