बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

स्ववियु निर्वाचनका लागि सम्बन्धन प्राप्त कलेजहरूले पठाएनन् विवरण

बिहीबार, २५ फागुन २०७९, १७ : ००
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १ हजार ४० वटा क्याम्पसहरू छन् । त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । र त्रिविलाई यतिबेला स्ववियु निर्वाचन लागिरहेको छ । तर, सम्बन्धन प्राप्त कलेजहरूलाई भने स्ववियु निर्वाचन छुन सकेको छैन् ।  उनीहरूले त्रिविलाई स्ववियु निर्वाचन सम्बन्धीका कुनै पनि गतिविधिहरू पेश गर्न सकेका छैनन् । 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिमा स्ववियु निर्वाचनका गवितिधि पठाउन बारम्बार ताकेता गर्दा पनि उनीहरूले विवरण पठाउन मानेका छैनन् ।  अहिलेसम्मको अवस्था हेर्दा १ हजार ४० मध्ये १५० जति सम्बन्धनप्राप्त क्याम्पसहरूले स्ववियु निर्वाचन गर्ने देखिएको छ । त्यसका लागि उपत्यकाका १८ वटा क्याम्पसहरूको प्रहरी रिपोर्ट केन्द्रीय अनुगमन तथा समन्वय समितिको सचिवालयमा पुगेको छ । 

ती बाहेक अन्य कलेजले न संघ, संगठन तथा समूह दर्ताको विवरण पेश गरेका छन् । न त मतदाता विद्यार्थीको संख्या नै पेश गरेका छन् ।  उपत्यकाभित्र ३०० भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरू छन् । तर, तीमध्ये केहीमा मात्र स्ववियु निर्वाचन हुने देखिएको छ । उपत्यका बाहिर करिब १०० क्याम्पसको हाराहारीमा स्ववियु निर्वाचन हुने देखिएको छ । 
केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनका लागि सम्बन्धन प्राप्त कलेजहरूलाई बारम्बार ताकेता गर्दै आएको बताए ।  तर, ती कलेजहरूले आवश्यक विवरण केन्द्रमा पेश नगरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप