स्ववियु निर्वाचनका लागि सम्बन्धन प्राप्त कलेजहरूले पठाएनन् विवरण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १ हजार ४० वटा क्याम्पसहरू छन् । त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । र त्रिविलाई यतिबेला स्ववियु निर्वाचन लागिरहेको छ । तर, सम्बन्धन प्राप्त कलेजहरूलाई भने स्ववियु निर्वाचन छुन सकेको छैन् । उनीहरूले त्रिविलाई स्ववियु निर्वाचन सम्बन्धीका कुनै पनि गतिविधिहरू पेश गर्न सकेका छैनन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिमा स्ववियु निर्वाचनका गवितिधि पठाउन बारम्बार ताकेता गर्दा पनि उनीहरूले विवरण पठाउन मानेका छैनन् । अहिलेसम्मको अवस्था हेर्दा १ हजार ४० मध्ये १५० जति सम्बन्धनप्राप्त क्याम्पसहरूले स्ववियु निर्वाचन गर्ने देखिएको छ । त्यसका लागि उपत्यकाका १८ वटा क्याम्पसहरूको प्रहरी रिपोर्ट केन्द्रीय अनुगमन तथा समन्वय समितिको सचिवालयमा पुगेको छ ।
ती बाहेक अन्य कलेजले न संघ, संगठन तथा समूह दर्ताको विवरण पेश गरेका छन् । न त मतदाता विद्यार्थीको संख्या नै पेश गरेका छन् । उपत्यकाभित्र ३०० भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरू छन् । तर, तीमध्ये केहीमा मात्र स्ववियु निर्वाचन हुने देखिएको छ । उपत्यका बाहिर करिब १०० क्याम्पसको हाराहारीमा स्ववियु निर्वाचन हुने देखिएको छ ।
केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनका लागि सम्बन्धन प्राप्त कलेजहरूलाई बारम्बार ताकेता गर्दै आएको बताए । तर, ती कलेजहरूले आवश्यक विवरण केन्द्रमा पेश नगरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण