शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के प्रेममा छिन् ‘धोकेबाज’ गायिका एलिना ?

बिहीबार, २५ फागुन २०७९, १५ : १०
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो ।

गीत भाइरल भएपनि गायिका चौहानको व्यस्तता बढ्नु स्वभाविक हो । स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सांगीतिक कार्यक्रमसँगै अष्ट्रेलियामा रहँदै आएका युवक विष्णु सापकोटासँग प्रेमको चर्चा पनि चल्न थालेको छ । जुन चर्चालाई उनले एकपछि अर्को गर्दै लगातार बनाएको टिकटक भिडियोले बल पुगेको छ । सापकोटासँग उनले केही दिनयता धेरै टिकटक पोष्ट हालेकी छन् ।

सापकोटासँग उनको भेट गत भदौमै तिजको कार्यक्रमका  सिलसिलामा अष्ट्रेलियामै भएको थियो । त्यहीवेलादेखि उनीहरु प्रेममा रहेको बताइन्छ । अष्ट्रेलियामा अहिले हुने उनको कार्यक्रम व्यवस्थापन  समेत विष्णुले गरिरहेको बताइन्छ । भदौको कार्यक्रमबाट फर्किदा विष्णु पनि उनीसँगै नेपाल आएका थिए । नेपालमा उनीहरुले एउटा युगल गीत समेत गाए ‘बाजा तालमा’  । गीतले चर्चा भने कमाउन सकेन ।

एलिनाले विष्णुसँगको एउटा टिकटक दुबैलाई जोडेर बनाएकी छन् । उक्त भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाई समेत दिएका छन् । विष्णुको टिकटक अकाउन्टमा पनि एलिनासँगको भिडियो बाक्लै भेटिन्छ । विष्णुले ‘चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी’मा डुयट भिडियो हालेका छन् । जसमा एलिनाले ‘ल ल छाड्दिनँ’ भन्दै कमेन्ट गरेकी छन् ।

टिकटकमा उनीहरुको गतिविधि हेर्दा उनीहरुले गुपचुप प्रेम अगाडि बढाइरहेको सजिलै अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप