एआईजी बढुवा गर्न निर्वाचन आयोगले दियो अनुमति
काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसगँ अनुमति मागेको थियो । बिहिबार आयोगबाट बढुवा सिफारिस गर्न अनुमति आएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पद रिक्त छ । फागुन ७ बाट एआईजी पुजा सिंहले अवकाश पाएपछि रिक्त एआईजीको दरबन्दी ५ पुगेको हो । आयोगको सहमति सँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा आगाडी छन् । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रतिस्पर्धी मध्येका दिपक थापा २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका हुन ।
प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरिक्षकमा बढुवा हुनेछन् तिनै १५ दिनपछि महानिरिक्षक (आईजीपी) हुने संभावना बलियो हुन्छ । डिआईजीको मेरिट लिस्टमा बसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रो नम्बरमा दिपक थापा छन् । यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डिआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिए । उनको राजिनामा स्विकृत भैसकेको छ ।
प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण