अपडेट
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
बिहीबार, ०४ असार २०८३, ०२ : ३१
सारांश
- इंग्ल्याण्डले क्रोएसिया विरुद्धको खेलमा ह्यारी केनको व्यक्तिगत दोस्रो गोलको मद्दतले २-१ को अग्रता लिएको छ ।
- खेलको १२ औं मिनेटमा केनले पहिलो गोल गरे भने ३६ औं मिनेटमा क्रोएसियाका मार्टिन बटुरिनाले बराबरी गोल फर्काए ।
- पहिलो हाफ सकिनु अगाडि ४२ औं मिनेटमा केनले पुनः गोल गरेपछि इंग्ल्याण्डले अग्रता कायम गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को रोमान्चक भिडन्तमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध पुनः अग्रता लिएको छ ।
खेलको ४२ औं मिनेटमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–१ को स्थितिमा पुर्याएका हुन् । मिडफिल्डर डिक्लन राइसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै केनले टोलीका लागि दोस्रो गोल गरे ।
यसअघि खेलको १२ औं मिनेटमा केनकै गोलबाट अग्रता लिएको इंग्ल्याण्ड विरुद्ध ३६ औं मिनेटमा क्रोएसियाका मार्टिन बटुरिनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, पहिलो हाफ सकिनु केही समय अगाडि केनले पुनः गोल गरेपछि इंग्ल्याण्डले खेलमा आफ्नो पकड बलियो बनाएको छ ।
अहिले पहिलो हाफको अन्तिम समयतिर खेल जारी छ र इंग्ल्याण्ड २–१ ले अगाडि रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण