शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईसँग नेपालले उठायो न्युन तलबदेखि न्यायोचित भर्ना प्रक्रियासम्मका विषय

शुक्रबार, २६ फागुन २०७९, १६ : २१
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली श्रमिकका विभिन्न विषयहरू उठान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि यूएईका राजदूत अब्दुल अल शाम्सीसँगको भेटको क्रममा नेपाली श्रमिकको हकहितका विभिन्न विषयमा छलफल भएको हो । 
मन्त्रालयमा आज भएको भेटको क्रममा सचिव अर्यालले यूएईमा रहेका नेपाली श्रमिकका हकहितको विभिन्न विषयहरू उठान गरेका थिए । 

सचिव अर्यालले नेपाली श्रमिकको हक अधिकारको रक्षा, सामाजिक सुरक्षा, न्यायोचित भर्ना प्रकृया, न्युनतम तलब, पुनः एकीकरणका सम्बन्धमा नेपालले अपनाएको नीतिको चर्चा गरेका थिए । यसको सफल कार्यान्यनका लागि संयुक्त अरब इमिरेट्स सरकारको तर्फबाट गर्न सकिने सहयोगका लागि अनुरोध समेत गरेका थिए । 

त्यसैगरी नेपाली श्रमिकहरुको व्यवसायिक सीप विकास, नयाँ क्षेत्रमा रोजगारी सिर्जना र सरकारी अधिकारीहरूको क्षमता विकासमा दुबै देशहरूबीच हुनसक्ने सहकार्यका सम्बन्धमा समेत छलफल भएको थियो ।

भेटको क्रममा नेपाल र यूएई सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता प्रभावकारी कार्यान्वयन गर्न गठित संयुक्त समितिको बैठक यस वर्ष नेपालमा आयोजना गर्नेगरी कुटनीतिक तयारी गर्ने छलफल भएको थियो । छलफलमा मन्त्रालयका सहसचिव राजिव पोखरेल, उपसचिव कविराज उप्रेती लगायत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप