शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महिला उपराष्ट्रपति हुँदा राम्रो हुन्छ : देवप्रसाद गुरुङ

शुक्रबार, २६ फागुन २०७९, १७ : १३
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नेकपा महासचिव देवप्रसाद गुरुङले महिला उपराष्ट्रपति भएमा राम्रो हुने बताएका छन् । पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति भएमा उत्तम हुने गुरुङको भनाई छ ।

‘संविधानतः राष्ट्रपति उपराष्ट्रपति लैंगिक वा समुदायको फरक हुनुपर्छ । हामीले अभ्यास गर्दा एउटा पुरुष भए अर्को महिला बनाइयो । यो खालका प्रयाक्टिस बसिसकेको छ’ गुरुङले भने, ‘नेपालको अवस्था स्थिति सबै कोणबाट हेर्दा महिला उपराष्ट्रपति  भएमा उत्तम हुन्छ । त्यसैमा फरक समुदायको महिला भए अझ राम्रो हुन्थ्यो ।’  

आफूले परामर्श दिँदा समेत फरक लिङ र समुदाय भएको व्यक्तिलाई उपराष्ट्रपति बनाउन आग्रह गरेको बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप