बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रेस सेन्टर रुपन्देहीमा नयाँ नेतृत्व चयन

शुक्रबार, २६ फागुन २०७९, १९ : ०१
शुक्रबार, २६ फागुन २०७९

रुपन्देही  । प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार आयोजना गरिएको विशेष अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्षमा पत्रकार विष्णु पोखरेल चयन भएका हुन् । 

पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल, सचिवमा रमेश गैरे, सह–सचिवमा प्रकाश पाण्डे, संजय लामा र निर्मल थापा तथा कोषाध्यक्षमा पशुपति यादव रहेका छन् भने कार्यसमिति सदस्यमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेश प्रसाद लोध र नेत्र रुचाल लगायत रहेका छन् ।

विशेष अधिवेशन तथा वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष कमल रायमाझीको प्रतिवेदन, निवर्तमान सचिव विष्णु पोखरेल सांगठनिक प्रतिवेदन तथा  कोषाध्यक्ष संजय लामा गुरुङले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका नवनिर्वाचित सचिव रमेश गैरेले जानकारी दिए ।

विशेष अधिवेशनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका केन्द्रीय उप–महासचिव यानेन्द्र जिसी, केन्द्रीय सदस्य भुवन कार्की, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, प्रदेश सदस्यद्वय माया केसी र संजय सौगात लगायतले बन्दै जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर जनपक्षीय पत्रकारिता बलियो बनाउनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप