बेलायत र फ्रान्स अवैध आप्रवासी रोक्न सहमत, प्रधानमन्त्री सुनकको ठूलो घोषणा
लण्डन । बेलायतले साना डुङ्गाहरूबाट इङ्लिस च्यानल (बेलायत र उत्तरी फ्रान्सलाई छुट्याउने एट्लान्टिक महासागरको भाग) पार गर्ने अवैध आप्रवासीहरूलाई रोक्न तीन वर्षभित्र फ्रान्सलाई करिब ५० करोड पाउण्ड दिने भएको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको भेटपछि यो घोषणा गरिएको हो ।
यो रकम फ्रान्समा थप ५ सय अधिकारी नियुक्त गर्न र डिटेन्सन सेन्टर निर्माणका लागि दिइनेछ। तर, यो केन्द्र सन् २०२६ को अन्त्यसम्म पूर्णरुपमा सञ्चालन हुने छैन । अवैध आप्रवासीको समस्या समाधान गर्न बेलायतले यो वर्ष फ्रान्सलाई करिब ६३ मिलियन पाउण्ड दिने योजना बनाएको छ । फ्रान्सले पनि यसमा आफ्नो योगदान बढाउने घोषणा गरेको छ । यद्यपि यो रकम कति हुनेछ भन्ने जानकारी दिएको छैन।
तर, ऋषि सुनकको नयाँ घोषणाको पनि विरोध भइरहेको छ । लेबर पार्टीका छायाँ महान्यायाधिवक्ता एमिली थर्नबेरीले नयाँ घोषणालाई एक संकटबाट अर्को संकटमा घुमिरहेको बताएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण