पूर्व प्रमुखआयुक्त यादवले भने– आयोगले उपराष्ट्रपति पदलाई अनावश्यक विवादमा ल्यायो
काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले फरक लिङ्ग वा समुदायबाट उपराष्ट्रपति हुनुपर्ने बताएका छन् । उपराष्ट्रपतिमा महिला हुने कि पुरुष हुने भन्ने विवाद चलिरहेका बेला रातोपाटीसँग कुरा गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले सो कुरा बताएका हुन् । यादवले संविधानमा जुन कुरा स्पष्ट रुपमा लेखिसकेको छ त्यो कुरामा अहिले आएर निर्वाचन आयोग जस्तो सम्मानित संस्थाले विवाद उत्पन्न गर्न नहुने बताए ।
उनले भने, ‘उपराष्ट्रपतिको चुनाव गराउन निर्वाचन अधिकृत तोकिसकेको छ, संविधानअनुसार उम्मेदवारले उम्मेदवारी दिन्थे । यदि संविधान विपरित उम्मेदवारी परेको भए त्यसमा छानविन गर्ने अधिकार निर्वाचन अधिकृतलाई मात्र छ, यसमा निर्वाचन आयोगलाई कुनै अधिकार छैन । निर्वाचन अधिकृतले राय सल्लाह मागेपछि मात्र उसले केही बोल्नुपथ्र्यो तर उम्मेदवारी नपर्दै यसलाई आयोगले जानी जानी विवादमा ल्याएको छ ।’
उपराष्ट्रपति पदलाई केही स्वार्थी समूहले विवादमा ल्याउने प्रयास गरिरहेको बताउँदै त्यसलाई निर्वाचन आयोगले पनि साथ दिइरहेको दावी पूर्वप्रमुख आयुक्त यादवले गरे । निर्वाचन आयोगले मनोगत अभिव्यक्ति दिएर यसलाई विवादमा ल्याएको टिप्पणी समेत उनले गरे ।
‘संविधान, ऐन, नियम, निर्देशिकाअनुसार यदि उम्मेदवारी परेको छ भने त्यसलाई अस्वीकार गर्ने वा रद्द गर्ने अधिकार निर्वाचन अधिकृतको पनि हुँदैन, आयोगले अनावश्यक विवाद सृजना गरेका कारण यसको गरिमामा नै असर परेको छ’ उनले भने, ‘सबै कुरा सहज रुपमा अगाडि बढिरहेको थियो, कहीं कुनै विवाद थिएन, यति हुँदा हुँदै आयोगका जिम्मेवार व्यक्तिले महिला मात्र उपराष्ट्रपति हुनुपर्ने धारणा ल्याउनु गलत हो’ उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण