बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई सबैको सहयोग रहन्छ : उम्मेदवार शाक्य

शनिबार, २७ फागुन २०७९, १३ : ०७
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेबाट उपराष्ट्रपतिकी उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताएकी छन् । पार्टी उपाध्यक्षसमेत रहेकी उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताएकी हुन् । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’

शाक्यले शनिवार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारीका लागि उपाध्यक्ष शाक्यसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप