शालाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित
शनिबार, २७ फागुन २०७९, २० : २५
लण्डन । मोहमद शालाहले पेनाल्टीबाट गाेल गर्न नसक्दा लिभरपुल बोर्नेमाउथसँग पराजित भएको छ । पराजयसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लिभरपुलको सम्भावना धक्का लागेको छ । बोर्नेमाउथ भने रेलिगेसन जोनबाट माथि उक्लेको छ ।
गत हप्ता म्यानचेस्टर युनाइटेडमाथि ७–० को शानदार जीत हासिल गरेको लिभरपुल पहिलो हाफमा नै पछि परेको थियो । खेलको २८ औँ मिनेटमा फिलिप बिलिङले गोल गरेका थिए । उनले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
दोस्रो हाफमा लिभरपुलले पेनाल्टीबाट खेलमा फर्किने मौका पाए पनि लिभरपुलका सर्वाधिक गोलकर्ता शालाह गोल गर्नबाट चुकेका थिए । २६ खेलबाट लिभरपुलको ४२ अंकसहिल लिगको पाचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ २४ अंकसहित लिगको १६ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण