इराकमा २२ जना आईएस लडाकु मारिए
बग्दाद । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकु मारिएको इराकी सेनाले आइतबार जनाएको छ ।
इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो ।
मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो समय इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूहरूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्नका लागि अपरेसनहरू सञ्चालन गरेका छन् ।
सन् २०१७ आईएसको पराजय पछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि सहरी केन्द्रहरू र दुर्गम क्षेत्रहरूमा लुकेर सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण