तस्बिरमा हेर्नुहोस् राष्ट्रपति पौडेलको शपथग्रहण कार्यक्रम
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा काम गर्नेछन् ।
_OxRqy0VKdo.jpg)
_nOx8x0AjFN.jpg)
_R4O4uf3C4z.jpg)
_Gi9YpfKm45.jpg)
_ISPNAa25Dr.jpg)
_5hupkdGRFd.jpg)
_YKkBJUigWo.jpg)
_GoTv2hfzWI.jpg)
_5H3gWr82Qu.jpg)
_lMlKoGVtNt.jpg)
_OatWB3SKbN.jpg)
_vzhvSh3pdA.jpg)
_bdkvF1ViQz.jpg)
_H7mZFNMYDd.jpg)
_ms0sKoWKKN.jpg)
_10uzQjU9Tc.jpg)
_na6ndo0sy2.jpg)
_KhlDGRY7kh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण