बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रामसहायलाई लिङ्देनको आश्वासन–पार्टीमा छलफल गरेर जानकारी गराउँछु

सोमबार, २९ फागुन २०७९, १९ : ३६
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।

जसपाका अन्य नेताहरुसहित लिङ्देनलाई भेटेर उनले सहयोग गर्न आग्रह गरेका हुन् । संघीयता, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उपराष्ट्रपतिमा  सहयोग गर्न उनले आग्रह गरे । जवाफमा लिङ्देनले उपराष्ट्रपतिको चुनावको विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने प्रतिक्रिया दिएको जसपाका नेता प्रदीप यादवले बताए ।

नेता यादवले भने, ‘राजेन्द्रजीको प्रतिक्रिया सकारात्मक थियो तर उहाँले पार्टीमा छलफल गरेर यसको बारेमा थप जानकारी गराउने भन्नुभएको छ ।’ सकारात्मक संकेत पाएको कारण राप्रपाको मत पनि रामसहाय यादवलाई आउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप