रामसहायलाई लिङ्देनको आश्वासन–पार्टीमा छलफल गरेर जानकारी गराउँछु
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
जसपाका अन्य नेताहरुसहित लिङ्देनलाई भेटेर उनले सहयोग गर्न आग्रह गरेका हुन् । संघीयता, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उपराष्ट्रपतिमा सहयोग गर्न उनले आग्रह गरे । जवाफमा लिङ्देनले उपराष्ट्रपतिको चुनावको विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने प्रतिक्रिया दिएको जसपाका नेता प्रदीप यादवले बताए ।
नेता यादवले भने, ‘राजेन्द्रजीको प्रतिक्रिया सकारात्मक थियो तर उहाँले पार्टीमा छलफल गरेर यसको बारेमा थप जानकारी गराउने भन्नुभएको छ ।’ सकारात्मक संकेत पाएको कारण राप्रपाको मत पनि रामसहाय यादवलाई आउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण