चुनावी लफडा : त्रिचन्द्र क्याम्पसमा तोडफोड (तस्बिरहरु)

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ । विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ ।
सो क्रममा उनीहरुले भित्रबाट केही कुर्सी गेटमा ल्याएर नाराबाजी समेत गरेका छन् । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन भने त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन् ।
बाहिर ल्याएर राखिएको कुर्सीमा चुनाव गराउन नसक्ने क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचनालगायतका पोस्टर टाँस गरेर विरोध जनाइएको छ। भर्नालगायतको विवादका कारण त्रिचन्द्रमा स्ववियु निर्वाचन अधि बढाउन विवाद हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?