उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समय परिवर्तनशील रहेकाले परिवर्तनशील समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए । उनले अबको चुनौती भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गरेको बताए । उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे । उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेदवारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताए ।
श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । उनले पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात् प्रभाव पु¥याउनेगरी काम गर्ने बताए ।
उनले महासंघसँग आबद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेदवार आफू रहेको बताए । उनले महासंघको विभिन्न उद्योग, राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताए । उनले वरिष्ठ उपाध्यक्ष भएर काम गर्ने जिल्लादेखि केन्द्रसम्म टिम रहेको बताए । उनले टिममा बसेर महासंघको भिजन पेपर अनुसार काम गर्नको लागि पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने बताए ।
उनले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भीर भएर लाग्ने बताए । उनले बैंकको ब्याजदरको विषयमा बैंकहरुले व्यवसायीहरुको अवस्थालाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको भन्दै बैंकको ब्याजदर व्यवसायीहरुले धान्न सक्ने अवस्था नभएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण