बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी

मङ्गलबार, ३० फागुन २०७९, १६ : ०५
मङ्गलबार, ३० फागुन २०७९

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा बापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले चेक हस्तान्तरण गरे । 
 बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा बापत रु. ३ करोड, दुर्घटना बीमा बापत रु. १ करोड ३० लाख र मेडिकल बीमा बापत रु. ३ करोड ६७ लाख गरी कुल रु. ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप