यूएईविरुद्ध ब्याटिङ गर्दै पीएनजी
बुधबार, ०१ चैत २०७९, ०९ : १६

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि यूएईले बलिङको निम्तो पाएको हो ।
पीएनजी आजको खेलमा सहज जित निकाल्दै लिग–२ को सुखद अन्त्य गर्ने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै दुई अंक बटुल्न चाहन्छ। लिग–२ मा यूएई ३४ खेलबाट १४ जित र १७ हारसँगै ३१ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३५ खेलबाट ५ जित र २९ हारसँगै ११ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’