आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री ऋषि सुनक पार्कमा कुकुर घुमाएपछि समस्यामा, प्रहरीले रोके

बुधबार, ०१ चैत २०७९, ११ : १७
बुधबार, ०१ चैत २०७९

बेलायती प्रधानमन्त्री ऋषि सुनक आफ्नो घर पालुवा कुकुरका कारण समस्यामा परेका छन् । ऋषि सुनक र उनकी श्रीमती अक्षता मूर्ति सेन्ट्रल लन्डनको हाइड पार्कमा कुकुरलाई डोरीले नबाँधी यत्तिकै घुमाइरहेका थिए ।

यो पार्कमा यदि कसैले घरपालुवा जनावर घुमाउँछ भने त्यसलाई चेनले वा फित्ताले बाँध्न निकै जरुरी छ । ऋषि सुनकले आफ्नो लाब्राडोर कुकुर नोभालाई चेन वा फित्ता केहीले पनि बाँधेका थिएनन् । त्यसैले पार्कमा भएका एक अधिकारीले उनलाई रोके र नियमबारे अवगत गराएका थिए ।

rishi1प्रहरीलाई देखेर भुक्न थालेको थियो कुकुर

टिकटकमा पोस्ट गरिएको एक भिडियोमा ऋषि सुनक आफ्नो घरपालुवा कुकुर नोभालाई घुमाइरहेका बेला महानगरीय प्रहरीलाई देखेर बेस्सरी भुक्न थालेको देखिएको छ ।

प्रहरीले १४ मार्चमा आफ्नो बयानमा ऋषि सुनक र उनकी श्रीमती अक्षता आफ्नो कुकुरलाई फित्ता बिना घुमाइरहेका थिए त्यसपछि त्यहाँ भएका एक प्रहरी अधिकारीले उनलाई रोके र नियमबारे जानकारी दिए । त्यसपछि कुकुरलाई फित्ताले बाँधिएको थियो । यो मामिलामा ऋषि सुनकका प्रवक्ताले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

rishiलकडाउनको नियम पनि तोडेका थिए

सुनकले यसअघि लकडाउनको नियम पनि तोडेका थिए । यसका साथै सिट बेल्ट नलगाई कार चलाएको भन्दै जरिवाना पनि तोकिएको थियो । बेलायतका प्रधानमन्त्री छानिएपछि सुनक आफ्नो परिवारसँग टेन डाउनिङ स्ट्रिटमा बस्न थालेका छन् । सुनकसँग उनको कुकुर पनि नोभा पनि यसै घरमा बस्छन् । यसको एउटा तस्बिर पनि सुनकले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप