बेलायती प्रधानमन्त्री ऋषि सुनक पार्कमा कुकुर घुमाएपछि समस्यामा, प्रहरीले रोके
बेलायती प्रधानमन्त्री ऋषि सुनक आफ्नो घर पालुवा कुकुरका कारण समस्यामा परेका छन् । ऋषि सुनक र उनकी श्रीमती अक्षता मूर्ति सेन्ट्रल लन्डनको हाइड पार्कमा कुकुरलाई डोरीले नबाँधी यत्तिकै घुमाइरहेका थिए ।
यो पार्कमा यदि कसैले घरपालुवा जनावर घुमाउँछ भने त्यसलाई चेनले वा फित्ताले बाँध्न निकै जरुरी छ । ऋषि सुनकले आफ्नो लाब्राडोर कुकुर नोभालाई चेन वा फित्ता केहीले पनि बाँधेका थिएनन् । त्यसैले पार्कमा भएका एक अधिकारीले उनलाई रोके र नियमबारे अवगत गराएका थिए ।
प्रहरीलाई देखेर भुक्न थालेको थियो कुकुर
टिकटकमा पोस्ट गरिएको एक भिडियोमा ऋषि सुनक आफ्नो घरपालुवा कुकुर नोभालाई घुमाइरहेका बेला महानगरीय प्रहरीलाई देखेर बेस्सरी भुक्न थालेको देखिएको छ ।
प्रहरीले १४ मार्चमा आफ्नो बयानमा ऋषि सुनक र उनकी श्रीमती अक्षता आफ्नो कुकुरलाई फित्ता बिना घुमाइरहेका थिए त्यसपछि त्यहाँ भएका एक प्रहरी अधिकारीले उनलाई रोके र नियमबारे जानकारी दिए । त्यसपछि कुकुरलाई फित्ताले बाँधिएको थियो । यो मामिलामा ऋषि सुनकका प्रवक्ताले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।
लकडाउनको नियम पनि तोडेका थिए
सुनकले यसअघि लकडाउनको नियम पनि तोडेका थिए । यसका साथै सिट बेल्ट नलगाई कार चलाएको भन्दै जरिवाना पनि तोकिएको थियो । बेलायतका प्रधानमन्त्री छानिएपछि सुनक आफ्नो परिवारसँग टेन डाउनिङ स्ट्रिटमा बस्न थालेका छन् । सुनकसँग उनको कुकुर पनि नोभा पनि यसै घरमा बस्छन् । यसको एउटा तस्बिर पनि सुनकले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण