शाहरुखको ‘जवान’ अक्टुबरमा आउने
बुधबार, ०१ चैत २०७९, ११ : ४०
मुम्बई । अभिनेता शाहरुख खानको पछिल्लो रिलिज फिल्म ‘पठान’ ले अहिले पनि बक्स अफिसमा राम्रो ब्यवसाय गरिरहेको छ । शाहरुख भने अहिले फिल्म ‘जवान’ को काममा ब्यस्त छन् । शाहरुखका फ्यानका लागि ‘जवान’ प्रतिक्षित फिल्म बनेको छ । मिडिया रिपोर्टअनुसार फिल्मको रिलिज मिति परिवर्तन भएको छ । फिल्म पहिले जुनमा रिलिज गर्ने बताइएको थियो । अहिले फिल्म अक्टुबर आउने भनिएको छ । ‘पठान’ मा एक्सन अवतारमा देखिएका शाहरुख जवानमा रोमान्टिक अवतारमा समेत देखिँदैछन् ।
मिडियासँगको कुराकानीमा अभिनेता शाहरुखले पनि फिल्मको रिलिज डेट परिवर्तन हुन सक्ने बताएका छन् । उनले ‘जवान’ ठुलो बजेटको फिल्म भएकोले काम पुरा गर्न समय लाग्ने बताएका हुन् । फिल्मका निर्देशक एटली हुन् । फिल्ममा शाहरुखका अलवा अभिनेत्री नयनतारा, विजय सेतुपति र दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण