मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दाँत र मुख सफा गर्ने तरिका

बुधबार, ०१ चैत २०७९, १२ : ३१
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । मुख तथा दाँत  मानिसको निकै महत्त्वपूर्ण अङ्ग हो । मुख शरीरको प्रवेशद्वार हो र शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई स्वस्थ वा अस्वस्थ बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ । त्यसैले दाँत मुख सधैँ स्वस्थ राख्नुपर्छ ।

 मुखलाई सधैँ स्वस्थ राख्नका लागि हरेक पल सफाइमा ध्यान दिनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दाँत मुख सफा गर्नका लागि निम्नानुसार तरिका अपनाउनुपर्छः 

–बिहान र बेलुका खाना  खाएपछि फ्लाराइयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने ।

–अन्य समयमा खानेकुरा सानासाथ मुख कुल्ला गर्ने ।

–२ दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने ।

–बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने ।

–टाँसिने प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने ।

–धूम्रपान, मदिरा,सुर्तीजन्य पदार्थ,पान, सुपारी सेवन नगर्ने ।

–रेसादार ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने ।

–हरेक ६ महिनामा दन्त परीक्षण गराउने ।

चिकित्सकहरूका अनुसार बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रूपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप