दाँत र मुख सफा गर्ने तरिका
काठमाडौँ । मुख तथा दाँत मानिसको निकै महत्त्वपूर्ण अङ्ग हो । मुख शरीरको प्रवेशद्वार हो र शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई स्वस्थ वा अस्वस्थ बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ । त्यसैले दाँत मुख सधैँ स्वस्थ राख्नुपर्छ ।
मुखलाई सधैँ स्वस्थ राख्नका लागि हरेक पल सफाइमा ध्यान दिनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दाँत मुख सफा गर्नका लागि निम्नानुसार तरिका अपनाउनुपर्छः
–बिहान र बेलुका खाना खाएपछि फ्लाराइयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने ।
–अन्य समयमा खानेकुरा सानासाथ मुख कुल्ला गर्ने ।
–२ दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने ।
–बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने ।
–टाँसिने प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने ।
–धूम्रपान, मदिरा,सुर्तीजन्य पदार्थ,पान, सुपारी सेवन नगर्ने ।
–रेसादार ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने ।
–हरेक ६ महिनामा दन्त परीक्षण गराउने ।
चिकित्सकहरूका अनुसार बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रूपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण