चलचित्र विकास बोर्डले लेखन र निर्देशन कार्यशाला गर्ने
काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ । विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्म मेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा ३ देखि ५ चैत्रसम्म कार्यशाला गर्ने भएको हो ।
बोर्डको चालू आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान १०ः३० बजेदेखि दिउसो ३ः ३० बजेसम्म सञ्चालन हुनेछ ।
कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ । नेपाली चलचित्रकर्मीलाई लेखन तथा निर्देशनको ज्ञान प्रदान गर्दै उत्कृष्ट फिल्म निर्देशनमा सहयोग पुर्याउने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको विकास बोर्डले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण