जसपाका नेताहरू र लोसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का महन्थ ठाकुरलाई भेटेका छन् । बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भएको भेटघाटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले बताए ।
उनले भने, ‘हामीले देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न महन्थ ठाकुरजीलाई भेटेका हौँ, कुराकानीको क्रममा उहाँले उपराष्ट्रपतिका लागि रामसहाय यादवलाई शुभकामना दिनुभयो ।’
अध्यक्ष ठाकुरले आफ्नो पार्टी गठबन्धनमै रहेको र गठबन्धनले गर्ने निर्णयअनुसार अगाडि बढ्ने भन्दै रामसहाय यादवलाई शुभकामना दिएका थिए ।
ममता झालाई उपराष्ट्रपति बनाएको जनमत पार्टीसँग लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत एकता गरेको छ । लोसपा ममता झाको समर्थक र प्रस्तावकमा पनि बसेको छ ।
त्यसैगरि, मौन अवधिकै बीच जसपाका नेताहरूले आजै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । नेता निधिको बानेश्वरस्थित निजी निवासमा जसपाका नेताहरूले भेटेका हुन् । भेटघाटमा देश समसामयिक राजनीतिक अवस्था, मन्त्रीपरिषद् विस्तार, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण