बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका नेताहरू र लोसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता

बुधबार, ०१ चैत २०७९, १५ : ०७
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का महन्थ ठाकुरलाई भेटेका छन् । बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भएको भेटघाटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले बताए ।

उनले भने, ‘हामीले देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न महन्थ ठाकुरजीलाई भेटेका हौँ, कुराकानीको क्रममा उहाँले उपराष्ट्रपतिका लागि रामसहाय यादवलाई शुभकामना दिनुभयो ।’

अध्यक्ष ठाकुरले आफ्नो पार्टी गठबन्धनमै रहेको र गठबन्धनले गर्ने निर्णयअनुसार अगाडि बढ्ने भन्दै रामसहाय यादवलाई शुभकामना दिएका थिए ।

ममता झालाई उपराष्ट्रपति बनाएको जनमत पार्टीसँग लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत एकता गरेको छ । लोसपा ममता झाको समर्थक र प्रस्तावकमा पनि बसेको छ । 

त्यसैगरि, मौन अवधिकै बीच जसपाका नेताहरूले आजै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । नेता निधिको बानेश्वरस्थित निजी निवासमा जसपाका नेताहरूले भेटेका हुन् । भेटघाटमा देश समसामयिक राजनीतिक अवस्था, मन्त्रीपरिषद् विस्तार, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप