बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आलियामाथि बने सबैभन्दा धेरै जोक्स तर आज सबैभन्दा सफल अभिनेत्री, एउटा फिल्मको १५–२० करोड पारिश्रमिक

बुधबार, ०१ चैत २०७९, १५ : २१
बुधबार, ०१ चैत २०७९

शो –  कफी विथ करण, वर्ष २०१३ र अतिथि आलिया भट्ट, वरुण धवन, सिद्धार्थ मल्होत्रा थिए । करणले आलियालाई प्रश्न सोधे – भारतको राष्ट्रपति को हुन् ? आलियाले अचम्मका साथ जवाफ दिइन् – पृथ्वीराज चौहान । जवाफ यति मात्रै आएको थियो त्यसपछि सामाजिक सञ्जालमा हङ्गामा सुरु भयो । आलियालाई लिएर जोक्स बन्न थाले । उनी एक मात्र अभिनेत्री हुन् जसमाथि हजारौँ ठट्टाहरू बनाइयो र उनलाई मूर्खको ट्याग दिइयो ।  

यति धेरै ट्रोल गरेपछि जो कोही नर्भस हुन सक्छन् तर आलियाले यसलाई आफ्नो हतियार बनाइन् । मानिसहरूले उनलाई ट्रोल गरिरहेका थिए, उनले एक से एक उत्कृष्ट फिल्म रोजिरहेकी थिइन् । आलियाले १० वर्षको करियरमा धेरै सफल फिल्म दिएकी छिन्, उनी महिला केन्द्रित फिल्मकी सबैभन्दा सफल अभिनेत्री हुन् । उनले नाम राजी, गंगुबाई काठियावाडी, डार्लिङ्स र हाइवे जस्ता फिल्महरूमा उत्कृष्ट काम गरेकी छिन् । 

आलियाले आफ्नो निर्णयले सबैलाई चकित पारिन् । स्टुडेन्ट अफ द इयरको अडिसन चलिरहेको बेला उनी स्कुलको पोसाकमा नै अडिसन दिन गएकी थिइन् । करियरको शिखरमा रणवीर कपुरसँग विवाह गरेकी २९ वर्षको उमेरमा आमा बनिन् । पहिलो फिल्मका लागि आलियाले १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन्, आज एक फिल्मका लागि १५ देखि २० करोड पारिश्रमिक लिन्छिन् ।

आज आलियाको ३० औँ जन्मदिनमा एक मूर्ख केटीबाट सबैभन्दा सफल अभिनेत्री बन्ने  उनको कहानीबारे पढौँ । 

comp-121_1678803639आलिया बाल्यकालदेखि नै हिरोइन बन्न चाहन्थिन्

आलिया भट्टको जन्म १५ मार्च १९९३ मा मुम्बईमा भएको थियो । उनी महेश भट्ट र उनकी दोस्रो पत्नी सोनी राजदानकी कान्छी छोरी थिइन् । महेश पहिलेदेखि नै एक प्रसिद्ध फिल्म निर्माता थिए र आमा सोनी आफ्नो समयकी एक ठुली अभिनेत्री थिइन् । सौतेनी दिदी पूजा भट्ट पनि ९० को दशककी हिट अभिनेत्री थिइन् ।

घरको फिल्मी वातावरणको प्रभाव आलियामा गहिरो परेको थियो, जसका कारण उनी आफैँ पनि बाल्यकालदेखि नै हिरोइन बन्ने सपना देख्न थालिन् । आलियाले किन्डरगार्टेन स्कुलमा नाटकको अभ्यास गर्दै हिरोइन बन्ने निर्णय गरेकी हुन् ।

टिभी शो ‘जीना इसी का नाम है’ को ३२औँ एपिसोडमा ८–९ वर्षकी आलिया बुवा महेश भट्टलाई सपोर्ट गर्न पुगेकी थिइन् । यहाँ उनले माइकमा आफू अभिनेत्री बन्न चाहेको बताइन् । आलियाको भनाइ सत्य साबित भयो र उनी आज बलिउडकी शीर्ष अभिनेत्री हुन् ।

आमाले एक्लै हुर्काइन्, बुबा महेशसँगको सम्बन्ध राम्रो थिएन

महेश भट्ट र सोनी राजदानको सम्बन्ध एक समय राम्रो चलिरहेको थिएन, यस्तो अवस्थामा सोनीले एक्लै छोरी हुर्काएकी थिइन् । महेशले सोनी वा छोरीहरूलाई खासै ध्यान दिएनन् । एक अन्तरवार्तामा आलियाले बाल्यकालमा बुवा सँगै नभएका कारण आफूले उनलाई असाध्यै मिस गर्ने गरेको बताएकी थिइन् । वर्षौँको बिछोडपछि आलियाले फिल्ममा प्रवेश गरेपछि उनको बुवासँगको सम्बन्धमा सुधार आउन थाल्यो ।

comp-15_1678803673५ वर्षको उमेरमा पहिलो फिल्म 

आलिया भट्टले सन् १९९९ मा महेश भट्टको प्रोडक्सन हाउसद्वारा निर्मित फिल्म सङ्घर्षमा बाल कलाकारको रूपमा काम गरेकी थिइन् । फिल्ममा आलियाले केही सेकेन्डका लागि प्रीति जिन्टाको बाल्यकालको भूमिका निर्वाह गरिन् । आलिया राम्रो खाना पाउने आसमा फिल्मको सेटमा जान्थिन् ।

९ वर्षको उमेरमा भन्सालीको फिल्मबाट रिजेक्ट

आलियाले सञ्जय लीला भन्सालीको फिल्म ब्ल्याक (२००५) का लागि ९ वर्षको उमेरमा अडिसन दिएकी थिइन् तर अस्वीकार भइन् । पछि यो भूमिका आयशा कपूरलाई दिइयो । फिल्मबाट आयशाले ७ अवार्ड जितेकी थिइन् ।

१२ वर्षको उमेरमा रणवीरसँग डेब्यु गर्ने तयारीमा थिइन्

फिल्म ब्ल्याकबाट अस्वीकृत भएपछि सञ्जय लीला भन्सालीले १२ वर्षीया आलिया भट्टलाई फिल्म बालिका वधूका लागि कास्ट गरे । यस फिल्ममा उनीसँगै रणवीर कपूरलाई पनि कास्ट गरिएको थियो । फिल्म केही महिनामै रोकियो ।

१२ कक्षा पास नभइकनै छोडिन् पढाई

आलिया भट्ट सधैँ अभिनेत्री बन्न चाहन्थिन्, जसका लागि उनले १२ पढ्दा पढ्दै पढ्न छाडिन् र फिल्ममा काम गर्ने प्रयास गर्न थालिन् ।

लेट नाइट पार्टीको लागि बुबाले गाली गरे 

आलिया भट्ट किशोरावस्थामा धेरै पार्टी गर्थिन् । एक पटक १६–१७ वर्षको उमेरमा झुटो बोलेर आलिया लेट नाइट पार्टीमा गएकी थिइन् । महेश भट्टलाई थाहा हुने बित्तिकै उनले आलियालाई धेरै गाली गरे । भने – ‘फिल्ममा काम गर्नु एकदमै गम्भीर काम हो, यस्तो बानी छोडेनौ भने केही गर्न सक्दैनाैँ ।’

५०० युवतीका बीच स्कुलको ड्रेस लगाएर अडिसन दिन पुगेकी थिइन् आलिया

आलिया भट्टलाई नातावादको नाममा ट्रोल गरिन्छ तर उनले पहिलो फिल्म स्टुडेन्ट अफ द इयर अडिसनमार्फत नै पाएकी थिइन् । त्यति बेला आलिया १९ वर्षकी थिइन् र उनको परीक्षा चलिरहेको थियो । यस फिल्मको अडिसनको खबर पाए लगत्तै उनी स्कुलबाट सिधै करण जोहरको अफिस पुगिन् । त्यहाँ पहिले नै ५०० केटीहरूको अडिसन भइसकेको थियो । आलियाले स्कुल ड्रेसमा नै फिल्मका लागि अडिसन दिएकी थिइन् । अडिसनमा मोर्डन यंग आलियालाई ‘बहरा बहारा’ गीतमा नाचिरहेको देखेर करण प्रभावित भएका थिए ।

करणले भनेपछि १६ केजी तौल घटाइन् 

करण अभिनयमा खुसी थिए तर त्यति बेला आलियाको तौल ६८ किलो थियो र शरीर मोटो थियो । करणले १६ किलो तौल घटाएमा फिल्ममा कास्ट गरिने बताए । आलियाले ३ महिनाभित्र यो काम गरिन्, त्यसपछि उनलाई यो फिल्म दिइयो ।

comp-23_1678804895आलिया हिरोइन बनेपछि सिद्धार्थ मल्होत्राले आपत्ति जनाएका थिए

तौल घटाएपछि आलिया फेरि स्कुल ड्रेसमा करण जोहरको अफिस पुगिन्, जहाँ डेब्युटेन्ट सिद्धार्थ मल्होत्रा पनि उपस्थित थिए । स्कुल ड्रेस लगाएकी युवती आफ्नो फिल्मको नायिका हुन् भन्ने थाहा पाउनासाथ उनी चकित परे । उनले करणलाई गएर भने, ‘उनलाई नै हिरोइन बनाउने कुरामा तपाईँ पक्का हुनुहुन्छ ? ’

त्यति बेला उनी आलिया भट्टकी छोरी हुन् भन्ने उनले थाहा पाए । 

डेब्यु फिल्मको १५ लाख पारिश्रमिक, आमालाई दिइन्

आलिया भट्टले धर्मा प्रोडक्सनको फिल्म स्टुडेन्ट अफ द इयरका लागि १५ लाख पारिश्रमिक लिइन् । उनले यो रकम आफ्नी आमा सोनी राजदानलाई दिएकी थिइन् । त्यस बेला देखि सोनी नै उनको आर्थिक हेरचाह गर्छिन् । 

जब राति ३ बजे नशामा लिन पुगे बडीगार्ड

आलिया भट्ट एकपटक सिद्धार्थ मल्होत्रालाई भेट्न उनको घर गएकी थिइन् । आलियाले बडीगार्डलाई घर बाहिर नै बस्न भनेकी थिइन् । तर जब उनी बाहिर निस्किइन् तब उनी नशामा थिइन् । आलियाले थुप्रै पटक फोन गर्दा उठेन । यत्तिकैमा रातको ३ बजिसकेको थियो । बडीगार्ड आएपछि उनी घर जान निस्किइन् तर बडीगार्डको नजिक पर्ने बित्तिकै उनले थाहा पाइ हालिन् कि उनी रक्सीले मातेका छन् । डराएकी आलियाले बाटोमा केही भनिनन् । तर घर पुग्ने बित्तिकै उनले आमालाई यसबारे भनिन् । सोनीले उनलाई तुरुन्त जागिरबाट निकालिदिइन् । 

फिल्ममा आउने बित्तिकै छोडिन् आमा–बुवाको घर

करियरले गति लिन थालेपछि आलिया भट्टले आफ्नो आमा–बुवाको घर छोडिन् र दिदी शाहिन भट्टसँग घर किनेर बस्न थालिन् । उनको यो निर्णय गोपनीयताका लागि लिएकी थिइन् । 

comp-111_1678803733कफी विद करणमा गलत जवाफ दिएका कारण ‘मूर्ख केटी’ को ट्याग लाग्यो

सन् २०१३ मा, आलिया भट्ट कफी विद करणको चौथो सिजनमा वरुण धवन र सिद्धार्थ मल्होत्रासँग देखिएकी थिइन् । यहाँ र्‌यापिड फायर राउन्डमा करण जोहरले भारतको राष्ट्रपति को हो भनेर प्रश्न गरेका थिए । त्यस बेला प्रणव मुखर्जी राष्ट्रपति हुँदा आलियाले पृथ्वीराज चौहानको नाम लिएकी थिइन् । सँगै बसेका सिद्धार्थ जिल खाए, यस्तै करण पनि बेस्सरी हासे । सही जवाफ थाहा पाएपछि आलियाले अचम्मको तर्क दिँदै भनेकी थिइन्, ‘दुवैको नाम ‘पी’ बाट सुरु हुन्छ ।’

आइक्युको मजाक उडाएपछि आफैँले बनाइन् भिडियो

आलियाको आइक्युको असाध्यै ठुलो मजाक बनाइयो । उनीमाथि मिम पनि बन्न थाले । भारतीय पत्रकार मालविका सांघवीले एउटा आर्टिकलमा आलियालाई डम्ब ब्लन्ड स्टेरियोटाइप भनिन् ।

सन् २०१५ मा आलियाले ट्रोलिङमा ए.आई.बीको युट्युब च्यानलका लागि आलिया भट्टः जिनियस अफ द इयर भिडियो बनायो । यो एउटा सटायर भिडियो थियो जसमा आलिया आफैँले आफ्नो मजाक उडाएकी थिइन् ।

comp-16_1678803792नन ग्लैमरस भूमिकाबाट मूर्ख केटीको छवि बदलियो

सन् २०१४ मा आलिया फिल्म हाइवेमा देखिइन् । उनले सर्वश्रेष्ठ प्रदर्शनको लागि क्रिटिक्स बेस्ट एक्ट्रेस फिल्म फेयर अवार्ड प्राप्त गरिन् । ग्ल्यामरस आलियाको नन ग्ल्यामरस भूमिका देखेर सबै छक्क परेका थिए । २ स्टेट्स, हम्प्टी शर्मा की दुल्हनिया, कपूर एन्ड सन्स, उडता पन्जाब, डियर जिन्दगी, बद्रीनाथ की दुल्हनिया, राजी जस्ता उत्कृष्ट फिल्महरू गरेर आलियाले आफूलाई शीर्ष अभिनेत्रीहरूमा स्थापित गरिन् । उनको स्क्रिप्ट चयनको पनि निकै प्रशंसा भएको थियो ।

बिहारी युवती बन्न मोबाइल छाडिदिइन्

२०१६ मा आलिया फिल्म उडता पन्जाबमा देखिएकी थिइन् । यस फिल्ममा उनले गाउँकी बिहारी केटी र हकी खेलाडीको भूमिका निर्वाह गरेकी छिन् । भोगलाई दिएको अन्तर्वार्तामा उनले चरित्रमा आफूलाई ढाल्न वास्तविक जीवनमा आफ्नो मोबाइल त्यागेको र बिहारी सिकेको बताइन् । पङ्कज त्रिपाठीले उनलाई सहयोग गरेका थिए ।

आलियाको फिल्म हलमा चलेपछि पाकिस्तानी अभिनेताले थिएटर बुक गराए

सन् २०२१ मा आलिया भट्टको फिल्म गंगुबाई काठियावाडी रिलिज हुँदा पाकिस्तानमा पनि यसको चर्चा भएको थियो । पाकिस्तानी अभिनेता मुनीब बटले आफ्नी पत्नीसँग फिल्म हेर्न पाकिस्तानका सम्पूर्ण थिएटर बुक गरेका थिए । यस्तै, एक प्रशंसकले पनिरको टुक्रामा गंगुबाईको पोट्रेट बनाएका थिए । 

रणवीरकी दुलही कसरी बनिन् ?

रणवीर कपूरसँग विवाह गर्नु आलियाको जीवनको सबैभन्दा साहसी निर्णय थियो । अब यो संयोग थियो वा आलियाको उद्देश्य पक्का भएको प्रमाण वर्षौँअघि आलियाले रणबीरलाई आफ्नो क्रस र स्वयंवरका क्यान्डिडेट बताएका थिए । कपुर खानदानका बुहारी विवाहपछि फिल्मबाट टाढा भए, यो थाहा पाउँदा पनि आलिया हच्किइनन्, त्यो पनि करियरको उत्कर्षमा ।

यद्यपि, अब कपुर खानदानको नियम बुहारीका लागि फेरिइसकेको छ किनभने आलियासँग अहिले पनि रकी और रानी की प्रेम कहानी, ब्रह्मास्त्र टु र हार्ट अफ स्टोनजस्ता ठुला फिल्म छन् । यी दुईले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए । उनीहरूको लभ स्टोरी ब्रह्मास्त्रको सेटबाट सुरु भयो । 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप