खराब मौसमकाबीच भीएफआर उडान भर्ने दुई पाइलट निलम्बित
बुधबार, ०१ चैत २०७९, १६ : २२
१
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई जना पाइलटलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । खराब मौसमका बाबजुद पनि दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गरेको भन्दै प्राधिकरणले पाइलटद्वयलाई निलम्बन गरेको हो ।
तर, घटनामा प्रयोग भएको जहाज र कारबाहीमा परेका पाइलटहरुको सूचना भने प्राधिकरणले गोप्य राखेको छ । कम्पनीको साख र व्यवसायलाई ध्यानमा राख्दै यस्तो सूचना गोप्य राखिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीलाई बताए ।
घटना ४–५ महिना अघिको भएपनि सुरक्षा संवेदनशीलतालाई हेरेर घटनामा संलग्न पाइललाई कारबाही गरिएको उनले बताए । कारबाहीमा पर्ने पाइलटहरुले चित्तबुझ्दो जवाफ पेश गरे निलम्बन फुकुवा हुने समेत निरौलाले बताए ।
तत्कालका लागि पाइलट द्वयलाई निलम्बन गरी घटनाको छानबिन प्रक्रिया बढाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण