शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खराब मौसमकाबीच भीएफआर उडान भर्ने दुई पाइलट निलम्बित

बुधबार, ०१ चैत २०७९, १६ : २२
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई जना पाइलटलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । खराब मौसमका बाबजुद पनि दृश्यात्मक उडान (भीएफआर) मा बादलभित्र उडान गरेको भन्दै प्राधिकरणले पाइलटद्वयलाई निलम्बन गरेको हो । 

तर, घटनामा प्रयोग भएको जहाज र कारबाहीमा परेका पाइलटहरुको सूचना भने प्राधिकरणले गोप्य राखेको छ । कम्पनीको साख र व्यवसायलाई ध्यानमा राख्दै यस्तो सूचना गोप्य राखिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीलाई बताए । 

घटना ४–५ महिना अघिको भएपनि सुरक्षा संवेदनशीलतालाई हेरेर घटनामा संलग्न पाइललाई कारबाही गरिएको उनले बताए । कारबाहीमा पर्ने पाइलटहरुले चित्तबुझ्दो जवाफ पेश गरे निलम्बन फुकुवा हुने समेत निरौलाले बताए । 

तत्कालका लागि पाइलट द्वयलाई निलम्बन गरी घटनाको छानबिन प्रक्रिया बढाइएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप