उपराष्ट्रपतिको निर्वाचनबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको विषयमा साझा धारणा बनाउन बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सत्ता साझेदार दलको सुरु भएको हो ।
बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा जसपा र जनमत पार्टीको छुट्टाछुट्टै उम्मेदवार रहेको सन्दर्भ एउटै उम्मेदवार कायम गर्ने विषयमा सहमति जुटाइन प्रयास गरिने बताइएको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ। यस्तै जसपाबाट ममता झाको उम्मेदवारी रहेको छ । ममतालाई सत्ता गठबन्धनकै लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ भने रामसहायलाई यसबाहेकका दलहरुको समर्थन रहेको छ । यद्यपि जसपाकी अर्की उम्मेदवार प्रमिलाले भने विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेकी छन् ।
आजको बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सहभागिता रहेको छ । गठबन्धनको बैठक नसक्दा अलमल भएको बताउँदै आएका नेताहरुले यो बैठकबाट ठोस निर्णय हुने र सोही अनुसार अघि बढ्ने विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण