शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपराष्ट्रपतिको निर्वाचनबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक सुरु

बुधबार, ०१ चैत २०७९, १७ : ३५
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको विषयमा साझा धारणा बनाउन बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सत्ता साझेदार दलको सुरु भएको हो । 

बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा जसपा र जनमत पार्टीको छुट्टाछुट्टै  उम्मेदवार रहेको सन्दर्भ एउटै उम्मेदवार कायम गर्ने विषयमा सहमति जुटाइन प्रयास गरिने बताइएको छ । 

उपराष्ट्रपतिको निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ।  यस्तै जसपाबाट ममता झाको उम्मेदवारी रहेको छ । ममतालाई सत्ता गठबन्धनकै लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ भने रामसहायलाई यसबाहेकका दलहरुको समर्थन रहेको छ । यद्यपि जसपाकी अर्की उम्मेदवार प्रमिलाले भने विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेकी छन् । 

आजको बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सहभागिता रहेको छ । गठबन्धनको बैठक नसक्दा अलमल भएको बताउँदै आएका नेताहरुले यो बैठकबाट ठोस निर्णय हुने र सोही अनुसार अघि बढ्ने विश्वास लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप