बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानले नेपाल-युएईबीचको खेलमा उठ्ने टिकटको सबै पैसा खेलाडी कल्याणकारी कोषमा राख्ने

बुधबार, ०१ चैत २०७९, १८ : ३६
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र युएईबीच बिहीबार हुने खेलको टिकट बिक्रीबाट संकलित सबै रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने भएको छ । 

क्यानले भोलि हुने खेलको टिकटबाट उठ्ने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने  निर्णय गरेको हो । 

नेपालले भोलि लिग-२ को निर्णायक खेलमा युएईविरुद्ध खेल्नेछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बाट सुरु हुनेछ ।

नेपालले भोलिको खेलमा जित निकाल्न सकेमा सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप