बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन उपस्थित

बुधबार, ०१ चैत २०७९, २० : ११
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार काठमाडौँमा आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका छन् ।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो । 

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप