आईसीसी विश्वकप लिग–२
नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट
बिहीबार, ०२ चैत २०७९, १४ : १९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।
नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । उनलाई आयान खानले १६ रनमा क्याच आउट गराए ।