मध्यपश्चिममा चुनाव स्थगित भएकोमा विप्लव विद्यार्थी संगठनको विरोध
शुक्रबार, ०३ चैत २०७९, १४ : ३३

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयमा चुनाव स्थगित भएको भन्दै विरोध जनाएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै चुनाव स्थगित गरेको भन्दै विरोध जनाएका छन् ।
चैत ३ गते गर्ने भनिएको स्ववियु चुनाव स्थगित गरिएको भन्दै शाहीले आपत्ति जनाएका हुन् । चुनाव हुने अघिल्लो दिन स्थगित गर्नु आपत्तिजनक भएको शाहीले बताए ।