टेनिस खेलाडीलाई केटीएम सिटीको प्रायोजन
काठमाडौँ । नेपालका तीन खेलाडीले वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च १८ मा हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने जानकारी गराइएको छ ।
नेपाली ब्राण्ड केटीएम सिटीको सहयोग रहेको नेपाली टिमले मलेसियामा उत्कृष्ट प्रर्दशन गर्ने टिम क्याप्टेन कन्चन खड्गीले बताए । उनले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागीता जनाउन पाउने उल्लेख गरे । क्याप्टेन खड्गीले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास ब्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाक, जुत्ता लगायतको सामाग्री प्रायोजनको रुपमा सहयोग गरेको छ । यू–१४ गल्र्स विधाको यस प्रतियोगितामा नेपाल सहित १६ देशका एसियाली खेलाडीले सहभागीता जनाउनेछन् । नेपालीको जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो । प्रतियोगितालाई अन्तराष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ ।
नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ र केटीएम सिटीकी एचआर हेड नेहा चित्रकारले सहभागी खेलाडीलाई बिदाई गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मलेसियामा उत्कृष्ट नतिजा निकाल्ने गरि प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण